Widgets

सैयौं महिलालाई ब्ल्याकमेल गर्दै वेभक्यामको अगाडी नग्न बनाउने प्रहरी फन्दामा

Unknown | 17:21 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


सैयौं महिलालाई ब्ल्याकमेल गर्दै वेभक्यामको अगाडी नग्न हुनका लागि बाध्य बनाएको आरोपमा अमेरिकी प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । यदि ती व्यक्ति दोषी पाइएमा उनलाइ १०५ वर्षको कैद सजाय हुन सक्नेछ । वकिलका अनुसार २७ वर्षीय क्यारेन गेरी कजरियानले सयौं महिलालाई फेसबुक, स्काइप तथा ईमेल एकाउन्ट ह्याक गरेर उनीहरूको नग्न तथा अर्धनग्न तस्वीरहरू प्राप्त गरेको थियो । ती व्यक्तिमाथि ती महिलालाई यदि उनीहरूले क्यामराको अगाडी आफ्नो कपडा नउतारेमा ती तश्विरहरू सार्वजनिक गर्छु भनेको आरोप लागेको छ । अमेरिकी न्याय मन्त्रालयको एक प्रेस बक्तव्यमा क्यालिफोर्नियाका यी व्यक्तिमाथि लागेका यी आरोपहरूको विवरण दिइएको छ । जसअनुसार गेरी कजरियानले सयौंको संख्यामा मानिसको इमेल एकाउन्ट ह्याक मात्र गरेनन्, उनले ती एकाउन्टका पासवर्ड पनि परिवर्तन गरेका थिए, जसले गर्दा उनीहरूले ती एकाउन्टहरू खोल्न नसकुन् । ती एकाउन्ट्सहरू आफ्नो नियन्त्रणमा लिएपछि कजरियानले ईमेलमा रहेका ती महिलाको तश्विरहरू फेला पारे साथै उनीहरूका साथीहरूको नाम तथा पासवर्ड पनि ह्याक गरि फेला पारे ।


यी जानकारीहरू प्रयोग गरि कजरियानले आफुलाई एक महिलाको रूपमा प्रस्तुत गरा थिए । त्यसपछि उनले साथीहरूलाई म्यासेज पठाएर उनीहरूलाई वेभक्यामको अगाडी नग्न हुनका लागि भने । त्यसपछि उनले तिनीहरूको तश्विर लिएका थिए । अमेरिकी अधिकारीका अनुसार कजरियानको कम्प्यूटरबाट तीन हजार भन्दा धेरै महिलाका नग्न तथा अर्धनग्न तस्वीरहरू फेला पारेका थिए । यी तश्विरहरू मध्ये केही तश्विर ईमेल एकाउन्ट्सबाट लिईएका थिए भने केही स्काइप मार्फत लिएका थिए । पिडित महिलाका अनुसार ती फोटोहरू मार्फत ब्ल्याकमेलिङ गर्न शुरू गरेका थिए । एफबीआईका अनुसार ती व्यक्तिले केही केही संवेदनशील तस्वीरहरू सार्वजनिक गर्ने धम्की दिएका थिए । एफबीआईले यस कथित ब्ल्याकमेललाइ ‘सेक्सोटर्शन’ को नाम दिएका छन् ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS

ROCHAK MANORANJAN

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS