अब काठमाडौंमै उपलब्ध………..
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
एक जना नेपाली पत्रकार बैंककबाट नेपाल र्फकने हतारमा थिए, त्यसै बेला सडक किनारमा अचम्मको पसल देखेपछि उनी अडिए । विभिन्न स्वरूपमा वयष्क कृत्रिम यौनांग बिक्रीका लागि राखिएका देखेपछि उनको ध्यान त्यसतर्फ खिचिएको थियो । ‘सबैभन्दा बढी महिलाको नक्कली नांगो शरीरले मलाई खिचेको थियो ।’ शारीरिक सम्पर्कका लागि उपयुक्त त्यो ‘भच्र्युअल डमी’ किन्ने सोच बनाएका ती अविवाहित पत्रकारले कुराकानीका क्रममा भने- ‘त्यो कृत्रिम साधनलाई घर ल्याएर लुकाउन सम्भव नहुने देखेपछि नकिनी फर्किएँ ।’ पत्रकारले बैंककबाट युवतीको कृत्रिम शरीर ल्याउन नपाए पनि अब नेपालमै यो सेवा सबैले पाउने भएका छन् । प्राकृतिक यौनसम्पर्कबाट वञ्चित वा आकांक्षाबमोजिमको चरम सुख नपाएकाहरूले अब नेपाली बजारमै कृत्रिम यौनांग खरिद गरेर यौन आनन्द लिन सक्छन् । नेपाली उपभोक्तालाई लक्षित गरेर द कन्डम हाउसले सुन्धारा, खिचापोखरीस्थित आउटलेटबाट कृत्रिम यौनांगहरू बिक्री-वितरणमा ल्याएको छ । विश्वबजारमा पाइने आधुनिक यौनसामग्री नेपाल भित्र्याउने योजना बनाएको उक्त हाउसले त्यसका लागि सबै तयारी पूरा गरिसकेको छ । ‘हामीले यो विषयमा नेपालीहरूको चासोका बारेमा लामो अध्ययन गरेपछि हात हालेका हौं,’ द कन्डम हाउसका अध्यक्ष राजु भुजेलले साप्ताहिकसँग भने- ‘कृत्रिम यौनांग अनुभूत गर्ने चाहना राखेका नेपालीले अब यस्ता सामग्री खरिद गर्न अन्तर्राष्ट्रिय बजारमा जानु पर्दैन ।’ यौनसम्पर्कका लागि उपलब्ध हुने खेलौनाको व्यावसायिक कारोबार प्रारम्भ गर्ने यो पहिलो नेपाली संस्था हो । ‘कम्पन -भाइबे्रटिङ) सहितको महिलाको यौनांग र महिलाको नक्कली नांगो खेलौना शरीर ल्याएका छौं,’ द कन्डम हाउसका निर्देशक युवराज न्यौपाने भन्छन्- ‘त्यसैगरी कम्पनसहितको पुरुष लिंग पनि छ ।’ भाइब्रेटिङ पुरुष यौनांग, पुसिज टोय र डल पुसी टोयका विभिन्न मोडललाई हाउसले बिक्री-वितरणमा ल्याएको छ, जसको प्रयोगबाट उपभोक्ताले यौनप्यास मेटाउन सक्छन् । गोप्य रहन रुचाउने नेपाली समाज यस विषयमा कुरा गर्नुलाई विकृति मान्ने भएकाले यसको बजार कसरी अघि बढ्छ भन्ने अन्यौल नै छ । विक्रेताहरू भने बजारको प्रारम्भिक अनुमान हेर्दा उत्साहित भएको उल्लेख गर्छन् । ‘कृत्रिम यौनांगको प्रयोगलाई सौखका रूपमा होइन, बाध्यताका रूपमा उपभोक्ताले लिनेछन् भन्ने हाम्रो बुझाइ छ,’ द कन्डम हाउसकै बजार प्रबन्धक दीपक पौडेल भन्छन्- ‘प्राकृतिक यौनसम्बन्धको अभावमा बलात्कारजस्तो जघन्य अपराधतर्फ उन्मुख हुने युवा जमातलाई नियन्त्रणमा ल्याउन होस् वा असुरक्षित यौनसम्बन्धका कारण जीवनलाई जोखिममा पारिरहेकाहरूलाई पनि यौनसन्तुष्टि दिलाउन कृत्रिम यौनांग उपयोगी हुनेछन् ।’ पौडेलका अनुसार यौनसन्तुष्टि हासिल गर्न नसकिरहेका दम्पतीहरूको हकमा पनि यस्ता यौनसामग्रीको प्रयोग त्यत्तिकै लाभदायी हुनसक्छ । बजार प्रबन्धक पौडेल भन्छन्- ‘जीवनसाथी विदेशमा भएकाहरूलाई त ‘सेक्सुअल रिलेसन मेन्टेन’ गर्न बाहिर अनैतिक सम्बन्ध राख्नुको सट्टा यस्तो यौन खेलौना अझ प्रभावकारी हुन्छ ।’
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: New Gossips
0 comments