Widgets

नायीका बिनिता बरालले गरिन् सुटुक्क बिवाह !

Unknown | 04:40 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


नेपालकी अहिलेकी चर्चित नायीका बिनिता बराल विभिन्न हतकण्डाका कारण चर्चामा रहने गर्छिन् । कहिले निर्माता त कहिले निर्देशकसँग झगडा गरेर चर्चामा आउने उनी यतिबेला भने सुटुक्क विवाहको समाचारले उनी चर्चामा आएकी छिन् । चलचित्र सुपरहिटका निर्देशक निरञ्जन पाण्डेसँग सुटुक्क विवाह गरेको चर्चाले उनी तनावमा आएकी हुन् । ‘केही दिनयताबाट दिनभरिजसो विवाहको बधाईको फोन आएर हैरान भइसके । मेरो विवाहको हल्ला फिँजाएर कसैले मलाई तनाव दिइरहेको छ ।' उनले भनिन् । केही समययता निरञ्जन र विनितबीच घनिष्ट प्रेम सम्बन्ध रहेको उनीहरूकै सिनेमा सुपरहिटका कलाकार




तथा प्राविधिकले बताउँदै आएको अवस्थामा उनीहरुले सुटुक्क विबाह गरेर उक्त सम्बन्धलाई अझ गाढा बनाएको चर्चाले यतिबेला नेपाली चलचित्र बजार तातेको छ । अधिकांश समय उनीहरूसँगै रहेकै कारण यी जोडीले विवाह गरेको चर्चा बाहिरिएको उनीहरूका सहकर्मीले अड्कल काटेका हुन् ।

कामको सिलसिलामा आफूहरूसँगै रहने गरेको अभिनेत्री बरालले बताइन् । ‘चलचित्रको निर्देशक र कलाकारसँगै हामी राम्रा साथी पनि हौं । हाम्रो मित्रता देख्न नसकेर केही व्यक्तिले यस्तो अनावश्यक हल्ला चलाएका हुन्,’ नायीका विनिता बरालले भनिन्,‘साथी भएपछि आपसमा प्रेम हुनु स्वाभाविकै हो ।

तर, हामी प्रेमीप्रेमिका होइनौं र विवाह गरेको चर्चा गलत हो ।’ सन्चो नभएर तीन दिनदेखि घरमा बसिरहँदा विवाह भएको फोन एकपछि अर्को गर्दै पटक–पटक आउँदा आफ्नो स्वास्थ्यमा झन् असर परेको पनि उनले बताएकी छिन् । हुन त चलचित्र चपली हाइटमा निर्माता अर्जुन कुमारसँग झगडा गरेर अभिनेत्री बराल चर्चामा आएकी थिइन् । उनीहरूको झगडाले चलचित्रको प्रचारमा निकै मद्दत पुगेको थियो । यस्तै, आफ्नो नयाँ चलचित्र ‘सुपरहिट’को प्रचारका लागि पनि नायिका विनिता बराल र निर्देशक निरञ्जन पाण्डेले यस्तो हल्ला फिँजाएको केही सिनेकर्मीको बुझाइ छ । यो विषयमा निर्देशक पाण्डेले भने,‘यो खबरले हामी आफैं अहिले तनावमा छौं । चलचित्रको प्रचारका लागि यस्तो घटिया स्क्यान्डल गर्न त के हामी सोच्न पनि सक्दैनौं ।’



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS

ROCHAK MANORANJAN

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS